१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

बंगलादेशी राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता 

२७ कात्तिक, काठमाडौँ । चार दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति अब्दुल हमिद र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । बुधवार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री ओलीले बंगलादेशको राष्ट्रपतिसँग भेट भएको जानकारी दिए ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । ३ दशकपछि बंगलादेशबाट नेपालमा राष्ट्रपति स्तरीय भ्रमण भएको हो । राष्ट्रपति अब्दुल हमिद मंगलवार काठमाडौँ आएका थिए । बुधवारै राष्ट्रपति हमिदसँग नेपालकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले भेटवार्ता गरिसकेका छन् ।

प्रकाशित मिति : 16:30