१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

समृद्धिकाे लागि मेराे उम्मेदवारी : नेतृ भट्टराई

२७ कात्तिक, पाेखरा । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईकाे चुनावी घरदैलाे अभियान बुधबार पाेखरा ९ भिमसेनचाेक स्थित शहिद भिमसेन दाहालकाे शालिकमा माल्यार्पण गरी शुरू भएकाे छ । माल्यार्पण पछि बाेल्दै उम्मेदवार भट्टराईले शहीदकाे सपना साकार पार्ने प्रतिवद्धता जनाइन् । उनले विकाशकाे लहर ल्याउँदै गरिवीकाे रेखामुनी रहेका नागरिकहरुकाे जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । महिला र यूवा स्वराेजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनकाे भनाइ थियाे । उनले देश र जनताकाे चाहना अनुसार समृद्धिकाे सपना पूरा गर्न आफू उम्मेद्वार बनेर आएकाे उनले बताइन् ।

चुनावी घरदैलो अन्तर्गत अहिले पाेखराकाे वडा नं १६ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेकाे प्रचारप्रसार संयाेजक त्रिभुवन पाैडेलले जानकारी दिए ‌। यसैबीच नेकपाकाे चुनावी कार्यक्रम अन्तर्गत पाेखरा १५ स्थित अमिनतारा टाेलमा घरदैलो तथा काेणसभा सम्पन्न भएकाे छ । कार्यक्रममा सम्बाेधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गन्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले भूमिहिनका सबै समस्या सुल्झाउन अब दिन गने काम गर्ने बताए । अब भूमिहिनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले समृद्दिकाे लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील समेतगरेका छन् ।

कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याकाे पक्षमा माहाैल बन्दै गएकाे भन्दै जीतकाे सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुराेध गरे । पाेखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पाैडेलले वडाले टाेल टाेलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए । उक्त टाेलमा स्थानीय लक्ष्मी परियारकाे संयाेजकत्वमा ५१ सदस्यीय अमिनतारा टाेल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : November 13, 2019 at 11:08 am