१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

विदेशी हवाई सेवा बढाउने बेला किन बन्द भयो ल्हासा–काठमाडौँ उडान ?

२५ कात्तिक, काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान रोकिएको छ ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौँ उडान रोकेको नेपाल समाचारपत्रले खबर छापेको छ ।भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पर्छ ।

प्रकाशित मिति : November 11, 2019 at 8:28 am