१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान होः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायसँगको छलफलमा मन्त्री थापाले समाजमा हुने अनेक प्रकारका हिंसालाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सरकारले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री थापाले कुनै पनि खालका हिंसा र विभेद्का विरुद्ध समाजका चेतनशील नागरिक जागरुक हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो । विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका व्यक्ति सहभागी कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउन मूलसमारोह समिति गठन र तयारी, महिला हिंसा विरुद्धको १६ दिने अभियानको यो वर्षको नारा तय गर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : November 8, 2019 at 9:19 pm