१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेपालको सर्वभौमिकता र भौगोलिक अखण्डता रक्षा गर्न सरकारलाई पूर्व प्रधानमन्त्री खनालको आग्रह

२१ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको सर्वभौमिकता र भौगोलिक अखण्डता रक्षा गर्न नेपाल सरकारलाइ आग्रह गरेका छन । भारतीय नक्सामा नेपाली भूमि समेटेको विषयमा आपत्ति जनाउँदै बिहीबार विज्ञप्ति मार्फत पूर्वप्रधानमन्त्री खनालले भारत सरकारसँग कुरा गरेर निकास निकाल्न समेत आग्रह गरेका छन ।

खनालले नेपाली भूमिकाको बरोमा ऐतिहासिक तथ्यांकहरू प्रस्तुत गर्न, भारतीय सरकारसँग अविलम्ब वार्ता गर्न र कुटनीतिक ढंगले समस्याको समाधान गर्न आग्रह गरेका छन । उनले भारतीय नाक्सामा नेपालको भूमि अतिक्रमित गरेको विषय स्पष्ट रहेको भन्दै नेपालको पश्चिमत्तोरको सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको बताएका छन । उनले नेपालको सीमाना महाकाली नदीबाट निर्धारित भएको भन्दै नापी, गुन्जी र लिपुलेक लगायतको भूमि नेपालकै भएको स्पष्ट पारेका छन ।

प्रकाशित मिति : 17:42