बागलुङमा नेकपाको बागी उम्मेदवार, शेरमानको उम्मेदवारीले पार्टीभित्र हलचल
२१ कात्तिक, बागलुङ । बागलुङ-२ (ख)काे मंसिर, १४ उप-निर्वाचनका लागि वाम गठबन्धनबाट “बिद्रोह” गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता गरेका छन् । घर्ती मगरकाे ढाेरपाटन नगरपालिका-२ का बाैद्धिक वाम युवा नेता दधिराम अर्याल प्रस्तावक र निशीखाेला गाउँपालिकाका दलित युवा रिम बहादुर विक समर्थक बसेका छन् ।
साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि उम्मेदवार थिए । उनले १४ सय बढि मत प्राप्त गरेका थिए । २०७४ मा तात्कालिन एमालेबाट सोही प्रदेशका लागि प्रस्तावित उम्मेदवार दधिराम माओवादी जनयुद्धमै सहभागी थिए । स्थानीय चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।

जनमाेर्चासँग तालमेलपछि दधिरामलाई दबाब दिएर अन्तिम समयमा उम्मेदवार झिक्न लगाइएकाे थियाे । सालिन व्यक्ति, अंग्रेजी भाषामा दख्खल भएका दधिरामलाई पार्टी एकतापछि पार्टी सदस्यताबिहिन बनाइएकाे छ । उनकाे समर्थनमा लाेकप्रिय मानिने शेरमानकाे उम्मेदवारी दर्ता हुनुले सबैकाे चासो बढेकाे छ ।
उम्मेदवारी फिर्ता लिने गरि दर्ता गर्नुभयाे ? भन्ने जिज्ञासामा शेरमानले भन्नुभयाे- “दासताकाे विरुद्ध बिद्रोह हाे । तमाम २ नम्बर क्षेत्र (ख)का उत्पीडित जनताकाे पक्षमा मेराे उम्मेदवारी हाे ।बिद्रोह रहरले हुँदैन, अावश्यकता हाे । मेराे उम्मेदवारी कसैकाे दबाबमा फिर्ता हुँदैन ।” शेरमान संघीयता, समावेशी, पहिचान अान्दोलन, पश्चिम बागलुङकाे पक्षधर अान्दोलन र अभियानमा क्रियाशील छन् ।
प्रकाशित मिति : 15:04









