१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

भारतीय नक्सामाथि नेपालकाे प्रतिक्रियाः ‘एकपक्षीय निर्णय मान्य हुँदैन, कालापानी क्षेत्र नेपालको हो’

२० कात्तिक, काठमाडौँ । भारतीय नक्सामाथि नेपाल सरकारले प्रतिक्रिया दिएको छ । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतको नयाँ राजनीति नक्सा आफूलाई मान्य नभएको प्रतिक्रिया दिएकाे हाे । एकपक्षीय ढंगबाट गरेको निर्णय मान्य नहुनेसमेत नेपाल सरकारले प्रष्ट पारेको छ।

‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ, विज्ञप्तिमा भनिएको छ,’कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।’

प्रकाशित मिति : 17:53