नेपालको भूमि जोगाउन रगतको खोला बगाउन तयार छाैँः संयोजक महर (भडियोसहित)
२० कात्तिक, काठमाडौँ । अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको भूमि जोगाउन रगतको खोला बगाउन तयार रहेको बताएका छन । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लिम्पियाधुरा लगायतका भूमि भारतले आफ्नो नयाँ नक्सामा समेटेपछि काठमाडौँमा प्रदर्शन गर्दै संयोजक महरले कुटनीतिक पहल गरेर भारतको निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपाली स्वधिनतामाथिको धावामा अनेरास्ववियु कहिल्यै पनि चुप लागेर नबस्ने बताए । उनले यो सांकेतिक प्रदर्शनमात्र भएको भन्दै समयमै आफ्नो निर्णय सच्याउन भारतलाइ आग्रह पनि गरे । नेपालले भारतको सार्वभौमिकता र स्वाधिनताको सम्मान गर्ने तर, हेपाहा प्रवृति सहन गर्न नसकिने भन्दै महरले भारत सरकारले नेपालको इतिहाँस हेर्न समेत अपिल गरेका छन् । उनले नेपालीको गोर्खा इतिहाँस हेर्दै मिचिएको भूमि फिर्ता गर्न माग गर्दै नक्सा खारेजको माग गरे ।
अनेरास्ववियुले गो ब्याक इन्डिया भन्दै हजारौँ विद्यार्थी बुधबार सडकमा उतारेको छ । नेपाली भूमि नेपालकै हुनेभन्दै देशैभर प्रदर्शन गरेको अनेरास्ववियुले काठमाडौँमा प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस बागबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागी नेता कार्यकर्ताले ब्याक अफ इण्डिया लेखेको प्ले कार्ड समेत बोकेका थिए ।



प्रकाशित मिति : 17:00









