काँग्रेसले कास्कीमा पौडेललाई बनायाे उम्मेदवार
२० कात्तिक, काठमाडौँ । कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले उम्मेदवार टुंगाे लगाएकाे छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको हाे ।

नेपाली कांग्रेस जिल्ला कमिटी कास्कीका सभापति कृष्ण केसीले पौडेललाई पदाधिकारी बैठकले टिकट दिएको पुष्टि गरे। जिल्लामा सर्वसम्मतिले टुंगो लगाउन नसकेपछि १६ जना आकांक्षीको नाम केन्द्र पठाइएको थियो । जसमा खेमराजले बाजी मारेका हुन्। धनराजले नमानेपछि कास्की २ मा चुनाव लड्न इच्छाएका एक चर्चित अनुहार थिए कांग्रेस नेता धनराज गुरुङ। तर उनले नउठ्ने भनेपछि कास्की कांग्रेसका अग्रज नेता रहेका खेमराज पौडेलले टिकट पाएका हुन्।
प्रकाशित मिति : 13:59







