१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आलो पालो प्रधानमन्त्री भन्ने कुरा इतिहास बन्यो, अब ओलीको विकल्प छैनः अध्यक्ष प्रचण्ड

२० कात्तिक, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा इतिहास भइसकेको बताएका छन । सरकार फेरिने र मन्त्री फेरिने कुरामा बोलिफेरिरहने अध्यक्ष प्रचण्डले बुधबार दाङमा भएको पत्रकार भेटघाटमा प्रचण्डले आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा इतिहास भइसकेको बताए । उनले केपी ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म निरन्तर चल्ने पनि बताए । प्रचण्डले यो बीचमा प्रधानमन्त्री फेरिने भन्ने कुरा ‘इतिहास’ बनेको बताए । उनले भने ‘अब यही सरकारलाई कसरी पाँच वर्षसम्म निरन्तरता दिन सकिन्छ भन्नेबारेमा सोंच्ने हो ।’

फाइल फोटो ।

अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी पायक पर्ने दाङमै बनाउनुपर्ने धारणा राखे। त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए ।‘राजधानी त सबै ठाउँको केन्द्र पर्ने ठाउँमा हुनुपर्छ भन्ने हो, दाङ सबै जिल्लाको केन्द्र पनि पर्छ’ सँगै बसेका मुख्यमन्त्री शंकर पोख्रेललाई देखाउँदै उनले भने ‘मुख्यमन्त्री जी पनि यही हुनुहुन्छ। राजधानीका लागि उहाँले पहल गर्नुहुन्छ र, मैले कहाँ के सहयोग गर्नुपर्छ त्यो गर्नेछु।’

प्रकाशित मिति : November 6, 2019 at 11:31 am