१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई ह्रदयघात, मेजर हार्टअट्याक अप्रेशन गरियो

१८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झक्कुप्रसाद सुवेदीलाई ह्रदयघात भएकाे छ । मुटुमा समस्या देखिएपछि नर्भिक अस्पताल पुगेका सुवेदीको मेजर हार्टअट्याक अप्रेशन गरिएकाे छ। सुवेदी नर्भिकको आईसीयूमा भर्ना भएका छन ।

राष्ट्रिय युवासंघका संयाेजक रामप्रसाद सापकाेटा ‘दिपशिखा’ का अनुसार साेमबार उनकाे नर्भिकमा अप्रेशन गरिएकाे हाे। आज बिहान दाङ जान हिँडेका नेता सुवेदी थानकाेट पुगेपछि गाडीमै बेहाेस भएका थिए। त्यहाँबाट फर्काएर उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे।

प्रकाशित मिति : November 4, 2019 at 11:07 pm