१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेकपाको भक्तपुर क्षेत्र नं १ (क)को उम्मेदवारमा देवीप्रसाद ढकाल सिफारिस 

१८ कात्तिक, भक्तपुर । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहेका उनलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए।

यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो । उनी पूर्वमाओवादी नेता हुन्। प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तात्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार थिए। यसैगरी सोही पदका लागि नेपाली काङ्ग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : November 4, 2019 at 1:23 pm