रामशरण महत कम्युनिष्टले आफ्नै घरमुनीबाट रेल कुदाएको हेर्न सक्दैनन्ः नेता श्रेष्ठ (भिडियोसहित)
१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका युवा नेता अनुजकुमार श्रेष्ठले चिनियाँ रेलको बिरोध गर्ने पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा रामशरण महतको बारेमा कडा टिप्पणी गरेका छन । दैनिकी संवादमा कुरा गर्दै नेता श्रेष्ठले डा महतले नुवाकोटको विकासमा कुनै पनि योगदान गर्न नसकेको बताए । महतले चीनको केरूङबाट उनकै घरमुनी हुँदै काठमाडौँ आउने रेल ऋणमा बनाउन नहुने लगायतका अनेक तर्क अघि सारेर त्यसको बिरोध जनाएपछि नेकपा नेताहरूले पनि काउन्टर दिन थालेका हुन ।

राजनीतिक स्वार्थभन्दा माथि उठेर सामाजिक काममा समेत संलग्न रहेका नेता श्रेष्ठले कांग्रेस नेता महतले विगतमा नुवाकोटको विकास गर्न नचाहेको र अहिले कम्युनिस्टहरूले गर्न खोज्दा पनि त्यसको बिरोध गरेको बताए । उनले भने ‘भूकम्प पीडितको नाममा आएको राहतसम्म बेचेर खान खोज्ने नेताहरूबाट रेल बिरोधी अभिव्यक्ति आउनु अस्वभाविक होइन् । यद्यपी यो दुःखद कुरा हो ।’ उनले अघि थपे ‘डा महत कम्युनिष्टहरूको पहलकदमीमा आफ्नो घरमुनीबाट रेल कुदेको हेर्न चाहँदैनन, किनकी यस खालको विकास र परिवार्तनले नुवाकोटमा उनको राजनीति धरापमा पर्छ ।’ श्रेष्ठसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सकिन्छ ।
नेता श्रेष्ठले डा महतको पछिल्ला टिप्पणीहरूबाट उनकै पार्टीका नेता कार्यकर्ता समेत असन्तुष्ट देखिएको भन्दै समग्रमा नुवाकोटका जनता दुःखी बनेको बताए । विकासका निम्ति सपनाहरू देख्नुपर्ने भन्दै नेता श्रेष्ठले अब चिनियाँ रेल पनि आउने र सुरूङ मार्गले नुवाकोटको विकासमा कायापलट हुने विश्वास व्यक्त गरे । उनले जिल्लाका धेरै गाउँहरू शहरीकरण उन्मुख रहेको भन्दै अहिलेदेखि नै व्यवस्थित बसोबासमा लाग्नु पर्ने बताए । चीनको बेल्ड एण्ड रोड इनिसियटिभ कार्यक्रमबाट प्रत्यक्ष रूपमा प्रभावित हुँदा नुवाकोटले धेरै लाभ लिन सक्ने बताए । श्रेष्ठले तादी र त्रिशुली नदीको किनारमा करिडोरको विकास गरेर दीर्घकालीन सोचका साथ कामहरू गर्नुपर्ने बताए ।
प्रकाशित मिति : 21:18









