१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

नेकपा सचिवालयले उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लागायो (को कहाँ ? सूचीसहित)

१७ कात्तिक, काठमाडाैँ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार छनोट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालयको बैठकले उपनिर्वाचनका लागि उम्मेदवार छनाैट गरेको हो । निर्णय अनुसार प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने एकमात्र प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल, दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली उम्मेदवार छनाैट भएकी छिन । बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : 19:45