मन्त्रिपरिषद् अघि प्रधानमन्त्रीको स्वास्थ्य जाँच, टिचिङमा एक्स–रे गराए
१७ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिचिङमा एक्स–रे गराएका छन । अाइतबार मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा अोलीले छातीको एक्स–रे गराएका हुन । ओली आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर स्वास्थ्य जाँच गराएर फर्किएका छन् । छातीको एक्स–रे गराएर निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

योसँगै प्रधानमन्त्रीको मिर्गाैलाकाे डायलासिस निर्धरित समयमा नहुने भएकाे छ । मिर्गाैलाकाे खराबीका कारण अस्वस्थ रहेका ओलीलाई यसअघि ग्रान्डी अस्पतालमा भर्ना गरेर २ पटक डायलासिस गरिएकाे थियाे । आज तेस्राे डायलासिस गर्ने बताइएकाे छ । प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रकाशित मिति : 13:47









