३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

चलचित्र ‘घामड शेरे’ले देउवाको अपमान गरेको भन्दै नेविसंघद्धारा सुदूरपश्चिममा चल्न नदिने चेतावनी

१७ कात्तिक, काठमाडौँ । कलाकार तथा निर्देशक आसिफ साहले शनिबार फिल्म ‘घामड शेरे’ चलचित्रकाे पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि विवादमा मुछिएका छन् ।

साहले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले बिराेध जनाएका छन् । साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।

 सभापति कपिलले कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नुपर्छ’ भन्दै अगाडि लेखेका छन् ‘होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’

काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको विरोधपछि शाहले अर्काे एक स्टाटस पोष्ट गर्दै अघिल्लो पोष्टबारे स्पष्टिकरण दिएका छन् ।‘मैले कोही व्याक्ति वा संस्थाको भावनामा चोट पुर्याउन चाँहेको थिइनँ । म कुनै राजनीतिक दलसँग नजोडिएको बताउन चाहन्छु’, उनले अगाडि लेखेका छन् ‘हल्का ठट्यौली मात्र गरेको थिएँ । तपाईंहरुलाई चोट परेको भए माफी माग्दछु ।’

शाहले माफी मागेर अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् ।‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा  स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १२:३८