१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

महराको मुद्दामा आजदेखि थुनछेक बहस, महरालाई थुनेरै राख्ने कि घर पठाउने भन्ने निर्णय आउने

१७ कात्तिक, काठमाडाैँ ।  याैन दूर्व्यवहारको मुद्दामा सभामुख पद गुमाएका कृष्णबहादुर महराको मुद्दामा आजदेखि थुनछेक बहस सुरू हुँदैछ । महरालाइ बिहान १० बजे लगत्तै अदालत उपस्थित गराउने तयारी भएको छ । काठमाण्डौ जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिए पनि हिजो शनिबार परेकाले थुनछेक बहस आजमात्र हुन लागेको हो ।

महरालाई थुनेरै राख्ने कि घर पठाउने भन्ने निर्णय आजै आउने सम्भवना रहेको छ । थुनछेक बहस आजै सकिए अदालतले महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला गर्नेछ । अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए

प्रकाशित मिति : 09:31