१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

नेकपाको सचिवालय बैठक डाकियो, बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक डाकिएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजेका लागि सचिवालयको बैठक डाक्नु भएको हो । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत बैठक डाकिएको जानकारी दिनुभएको छ ।

बैठकको एजेण्डाको विषयमा केही कुरा खुलाइएको छैन । यद्यपी बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाको बारेमा सचिवालय सदस्यलाइ जानकारी दिने, पार्टी एकताको बाँकी विषय टुंगोमा पुर्याउनेल र सरकारको प्रभावकारिता बढाउने विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : 08:01