१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

जक आरोपी राईलाई साधारणसदस्य समेत नरहनेगरी कारबाही गर्ने अनेरास्ववियूको निर्णय

१५ कात्तिक, काठमाडाैँ । युवतीलाई जबरजस्ती करणी (जक) गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सह–सहचिव इन्द्रहाङ राईलाइ अनेरास्ववियुले निलम्बन गरेको छ। उनलाई संगठनले शुक्रबारदेखि लागु हुनेगरी संगठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको संगठनका संयोजक एेन महरले विज्ञप्ति मार्फत जानकारी दिएका छन । उनलाई आरआर स्ववियुले यसअघि नै निलम्बलन गरिसकेको छ।

संगठनका अध्यक्ष ऐन महरले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउनसमेत आफूहरुले सक्दो सहयोग गर्ने उल्लेख छ। आफ्नै साथीको बहिनीलाई करणी गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : November 1, 2019 at 6:59 pm