१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

धरान उपमहानगरमा उपनिर्वाचनः नेकपाले गर्याे ३ जनाको नाम सिफारिश

१५ कात्तिक, धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटिले मेयर पदको लागि एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिश गरेको छ । आज बसेको पुर्ण बैठकले जिल्ला कमिटि सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा(चोत्लुङ) र वेण काफ्ले(खतिवडा)को नाम सिफारिश गरेको हो ।

नगरले ३ जना उम्मेदवारको नाम जिल्ला कमिटिमार्फत प्रदेश कमिटिमा जानेछ । नेकपामा थुप्रै नेताहरु उम्मेदवारको आकांक्षी भएपछि अन्तत ३ जनाको नाम मात्र सिफारिश भएको छ । उम्मेदवारका वलिया आकांक्षी प्रदेश कमिटि सदस्य विजय राई, प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघाको नाम सिफारिश भएन ।

प्रकाशित मिति : 14:22