१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री नेपाल बिरामी छैनन्, अस्पताल जाने त कुरै भएनः सचिवालय

१५ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी भन्ने समाचार सचिवालयले खण्डन गरेको छ । नेता नेपालका स्वकीय सचिव मोहन गाैतमले सामाजिक सञ्जाल फेसबुक मार्फत बिरामी भएको र अस्पताल भर्ना भएको भन्ने विषयको खण्डन गरेका हुन । बिहीबार केही अनलाइन न्युज पोर्टलले माधव नेपाल बिरामी भएको र मेडिकेयर अस्पतालमा भर्ना भएको भन्दै समाचारका नाममा मनोवाद प्रकाशन गरेका थिए ।

सोही समाचारले पार्टी कार्यकर्ता र जनतामा भ्रम सिर्जना भएको भन्दै स्वकीय सचिव गाैतमले नेपाल बिरामी नभएको र अस्पताल पनि नगएको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन, ‘पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हिजो बिरामी परी मेडिकेयर अस्पतालमा गएको र भर्ना भएको भन्ने कुरा सत्य होइन, उहॉ अस्ती कार्तिक १३ गते बारा जिल्लाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई हिजो काठमाडौं फर्किनुभएको छ, कुनै पनि भ्रममा नपर्न सबैमा सादर अनुरोध छ ।’

प्रकाशित मिति : 11:08