२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेटेर फर्किएपछि यसाे भन्छन् उपप्रधानमन्त्री पोखरेल

१४ कात्तिक,काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार विहान प्रधानमन्त्रीलाई भेटेर फर्किएका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीलाई दिउँसो ग्राण्डी अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री पोखरेलसहित सीमित व्यक्तिले मात्र भेट्न पाएका छन् । उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेटेर निर्वाचन आयोगको बैठकमा पुगेका छन् । यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री स्वस्थ रहेको र कुराकानीसमेत भएको बताएका छन् । ओलीको उपचारमा निजी चिकित्सक डा.दिव्यासिंह शाह, दिलिप शर्मा सहित चक्रराज पाण्डे र प्रेम ज्ञवाली पनि संलग्न रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार १३:१५