प्रधानमन्त्री ग्राण्डी अस्पतालमा भर्ना, अस्पतालले निकाल्यो पहिलो प्रेस विज्ञप्ति
१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण नसकिएपछि ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको छ । धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पताल नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेपनि परीक्षणको केही काम बाँकी रहेकाले अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताएका छन ।

प्रधानमन्त्री अस्पताल भर्ना भएको जानकारी दिँदै अस्पतालले पहिलो विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि समस्या रहेको छैन् । उहाँको अवस्था सामान्य रहेको छ। प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भोलिसम्म चल्न सक्ने प्रधानमन्त्रीको निजी चिकित्सक दिव्यासिंह शाहले जानकारी दिनुभयो । १२ वर्षअघि मिर्गौला फेरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ । भदौमा सिंगापुरमा प्लाज्मा फेरिसिस गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले नियमित रूपमा ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ । अस्पतालको प्रेस विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 19:05









