१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण सकियो, केहीबेरमा बालुवाटार फर्कदै

१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण सकिएको र केहीबेरमै सरकारी निवास फर्कने भएका छन । धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पताल नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले दैनिकीसँग कुरा गर्दै प्रधानमन्त्री आजै ४ बजेपछि सरकारी निवास बालुवाटर फर्कने जानकारी दिए । अर्याललले प्रधानमन्त्रीले सामान्य स्वास्थ्य परीक्षणमात्र गराएको बताए ।  १२ वर्षअघि मिर्गौला फेरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन । भदौमा सिंगापुरमा प्लाज्मा फेरिसिस गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले नियमित रूपमा ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन ।

 

प्रकाशित मिति : 15:29