१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेपाली कांग्रेस नुवाकोटका युवा नेता ज्ञानेन्द्र गजुरेल बलात्कारको आरोपमा ललितपुरबाट पक्राउ

१३ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेस नुवाकोटका युवा नेता ज्ञानेन्द्र गजुरेल बलात्कारको आरोपमा ललितपुरबाट पक्राउ परेका छन । साथीको कोठामा १९ वर्षीय एक युवतीलाइ लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले गजुरेललाइ पक्राउ गरेको हो । प्रहरीले गजुरेललाइ युवती बलात्कारका लागि कोठा उपलब्ध गराउने र सहयोग गर्ने नेकपाका कार्यकर्ता सन्देश शर्मा पोखरेललाइ पनि पक्राउ गरेको हो । उनीहरूलइ ललितपुर प्रहरीले कात्तिक ३ गते नै पक्राउ गरेको डिएसपी सन्तोष तामाङले बताएका छन ।

गजुरेलले १९ वर्षीय एक युवतीलाई कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा लगेका थिए त्यही दुबै जनाले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । गजुरेलले फेसवुकमार्फत चिनजान भएकी युवतीलाइ साथीको कोठामा लगेर बलात्कार गरेका हुन । उनीहरु दुबै माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गजुरेल नुवाकोटको ककनी गाउँपालिकाका स्थायी बासिन्दा हुन । उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य हुन भने कांग्रेस नुवाकोटको सदस्य हुन । उनी गत मंसिरमा ८६ जनालाइ आमन्त्रित सदस्यमा मनोनित गर्दा ५२ औँ नम्बरमा परेका थिए । गजुरेल मनोनएनको जानकारीसहितको नुवाकोट कांग्रेसको पत्र तल ।

प्रकाशित मिति : 14:05