प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुँदै
१३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ग्राण्डी अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली बुधबार बिहानै अस्पताल पुगेका हुन । उनी यसअघि पनि चार पटक उपचारका लागि ग्राण्डी अस्पताल पुगिसकेका छन ।

हिजो भाइटीकाकै दिनदेखि अस्वस्थ भएका प्रधानमन्त्रीलाइ बिहानै अस्पताल लगिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल पुगेको बताएका छन । उनले प्रधानमन्त्री नियमित चेकजाँचका लागि ग्राण्डी गएको र केहीबेरमा निवास फर्कने जानकारी दिए । अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सबै मेडिकल रिपोर्ट सामान्य रहेको छ ।
प्रकाशित मिति : 11:45









