अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा काठमाडाैँबाट पक्राउ
१३ कात्तिक, काठमाडौँ । अनेरास्ववियूका एक केन्द्रीय नेता इन्द्रहाङ राई बलात्कारको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन । उनी मंगलबार बिहानै बौद्धबाट पक्राउ परेका हुन । उनी माथि १८ वर्षीय एक किशोरीले बलात्कारको अभियोगमा मुद्दा हालेकी छिन । प्रहरीले ती किशोरीको उजुरीको आधारमा राईलाई पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले राईको विरूद्धमा जाहेरी परेको र सोही जाहेरीको आधारमा पक्राउ गरेर अनुसन्धान भैरहेको पुष्टि गरेका छन । पीडित किशोरीले राईबाट पीडित हुनेवित्तिकै प्रहरीलाई सम्पर्क गरेकी थिइन । प्रहरीले त्यसलगत्तै उक्त किशोरीको उद्धार गरेको थियो । राईले साथीको घरमा केही काम छ भनेर बोलाएर बलात्कार गरेको बताएकी छिन । उनले प्रहरीसँग भनेकी छिन्, ‘गोकर्णेश्वरमा रहेको माकलबारीको एउटा घरमा राईले मलाई जबरस्ती करणी गरे।’
प्रकाशित मिति : 09:28









