९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सांस्कृतिक विरासतलाई जोगाइ राख्नु पर्नेमा सभामुख श्रेष्ठकाे जोड

१० कात्तिक, काठमाडौँ । प्रदश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताउनुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भन्नुभयो । शरीररुपी मन्दिरमा रहेको चेतनारुपी ज्योतिको उजागर गराउने पर्व नै भाइटीका हो भन्नुहुँदै उहाँले नेपालको सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड दिनुभयो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने भएकाले प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो औँल्याउनुभयो । नर्वेजियन विश्वविद्यालयका प्रा डा विशाल सिटौला, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही, किशोर मल्ललगायतले प्रकाश बिना संसार अन्धकारमय हुने हुँदा ज्ञान (सरस्वती), धन (लक्ष्मी), वुद्धि विवेक (गणेश) प्राप्तिका लागि सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : October 27, 2019 at 3:05 pm