१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गोरखा कांग्रेसमा ठूलो भूकम्प, जनप्रतिनिधिको परिवारसहित २०० बढी नेता कार्यकर्ता नेकपामा

७ कात्तिक, काठमाडाैँ । गोरखा कांग्रेसमा ठूलो भूकम्प गएको छ । लामो समयदेखि पार्टीले संरक्षण गरेर राखेका चिनिएका २०० भन्दा बढी नेता कार्यकर्ता बिहीबार एकैसाथ नेकपाका प्रवेश गरेकाछन । गोरखा जिल्लाको आरूघाट गाउेपालीकाको मान्बुमा भएको दशै तिहार छठको उपलक्ष्यमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेरबहादुर घलेको छेराहरू राजु घले र रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी यूवाहरू कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन ।

उनीहरूलाइ नेकपा सचिवालय सदस्यीय तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री रामशरण बस्नेत, संविधानसभा सदस्य हितराज पाण्डे लगायतले स्वागत गरेका थिए । कांग्रेस परित्या गर्दै उनीहरूले देशको विकासका लागि नेकपा रोजेको प्रतिक्रिया दिएका छन । उनीहरूले कांग्रेसले अब जनताको हित हुने माग बोक्न नसक्ने बताए ।

प्रकाशित मिति : 23:00