१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

चीनकाे मात्र हैन सकारात्मक प्रभाव सबै देशकाे स्वीकार्य छ: मन्त्री बाँस्कोटा

७ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गाेकुल बाँस्कोटाले नेपालमाथि कुनै पनि देशकाे सकारात्मक प्रभाव स्वीकार्य रहेकाे बताएका छन । बिहीबार मन्त्रालयमा मन्त्रपरिषद्काे निर्णय सार्वजनिकपछि पत्रकारकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री बाँस्कोटाले चीनकाे प्रभाव बढेकाे भन्ने गलत कुरा रहेकाे बताए ।

मन्त्री बाँस्कोटाले नेपालकाे हितमा हुनेगरी कुनै पनि देशकाे सकारात्मक प्रभावकाे पक्षमा सरकार रहेकाे बताए । उनले नेपालले कसैकाे पनि दबाबर अनावश्यक प्रभाव स्वीकार नगर्ने पनि बताए मन्त्री बास्काेटाले बताए । मन्त्री बाँस्कोटाले नेपलले पछिल्लो पटक आफ्ना सबै विदेशी मित्रराष्ट्रहरुसँग सहकार्य गर्ने गरि सक्रियता बढाएकाे बताए ।

प्रकाशित मिति : 16:35