कांग्रेस केन्द्रीय समिति बस्दै, उपनिर्वाचनको उम्मेद्वार चयन र नेताहरूको अपराधको समिक्षा हुने
७ कात्तिक, काठमाडौँ । नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्न कांग्रेस बैठक बस्न लागेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ । त्यसमा कांग्रेसका उम्मेदवारहरूको निर्णय लिन कांग्रेस बैठक बस्न लागेको हो ।

बैठकमा एकपछि अर्को नेता विभिन्न फौजदारी अभियोगमा मुछिदैँ गएपछि नेताहरूको अपराधको विषयमा समेत समिक्षा हुने भएको छ । यस विषमाय युवा नेताहरू गगन थापा लगायतले गम्भीर रूपमा पार्टी बैठकमा कुरा उठाउने तयारी गरेका छन । केही दिनअघि इट्टा भट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा सांसद समेत रहेका मोहम्मद अफताल आलम पक्राउ परेपछि शेरबहादुर देउवाको वयान दुइदिन दुइथरी भएको थियो । यस विषय बैठकमा गम्भीर रूपमा उठ्नेछ । त्यस्तै अर्का नेता एवं पूर्व गृहमन्त्री देवेन्द्रराज कडेँलले आफू भारतीय भएको प्रमाण आफैँले पेश गरेर भारतको एक कलेजमा अध्यक्षको चुनाव लड्न पुगेपछि कांग्रेसलाइ झन तनाव भएको छ ।

नेपाली काँग्रेसका सहायक महामन्त्री डा। प्रकाशशरण महतले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने गरी छलफल हुने बताएका छन । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जानकारी डा। महतले बताएका छन । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं। २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।काँग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ ।
प्रकाशित मिति : 10:19









