१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

देव: विकास बैंकको रकम हिनामिना गर्ने पाँच जना पूर्पक्षका लागि कारागार चलान

७ कात्तिक, काठमाडाैँ । देव: विकास बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । दाङको नारायणपुरमा रहेको तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक हालको देव: विकास बैंकको रकम हिनामिना गरिएको प्रकरणमा पाँच जनालाइ थुनामा पठाएर बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ ।

उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशमा मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको संयुक्त इजलाशले यस्तो अादेश दिएको हो । अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाल वसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र विजय गुप्तालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार ०८:३०