१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेपाली कांग्रेस दैलेखका उपसभापति भूपेन्द्र महतको डेंगुका कारण भारतमा निधन

७ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेस दैलेखका उपसभापति भूपेन्द्र महतको डेंगुका कारण निधन भएको छ । उपचारका लागि भारत लगिएका महतको बुधबार उतै निधन भएको नेपाली जनसम्पर्क समिति उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुवँरले बताएकी छिन ।  दिल्लीको मेदेओर अस्पतालमा बुधवार साँझ ५ बजेको समयमा महतको निधन भएको हो ।

कुँवरका अनुसार महत आनन्द विहारमा अचेत भएर लडेपछि त्यहाँ रहेका नेपालीले अस्पताल पुर्याएका थिए । घटनास्थलबाट महतलाई पहिला नीजि अस्पताल म्याक्समा उपचारका लागि भर्ना गरिएपछि उनलाई डेंगु भएको थाहा भएको एलपी पाण्डेले बताए । उपचार महंगो भएपछि उनलाई एम्स अस्पताल र अन्तिममा एम्स नजिकैको नीजि अस्पताल मेदेओर अस्पतालमा भर्ना गरिए पनि महत बाँच्न सकेनन् ।

प्रकाशित मिति : 07:36