१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मंसिरमा हुने उपनिर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाले तालमेल गर्ने

६ कात्तिक, काठमाडाैँ । मंसिरमा हुने उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाबीच तालमेल गरेर जाने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भएको छलफलमा चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको हो । भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी पनि सहभागी भएका थिए ।

आगामी मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) र बागलुङ २(ख) मा उपनिर्वाचन हुनेछ । ति क्षेत्रहरुमा कास्की २ बाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । भने दाङ ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो । राजमोले मंगलबार मात्रै उपनिर्वाचनमा तालमेलबारे आफ्नो धारणा स्पष्ट पारेको थियो ।

प्रकाशित मिति : 14:32