१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

अब विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छः मन्त्री पुन

५ कात्तिक, परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताउनुभयो । पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अव विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छ, सरकारले गरेका काम जनतासम्म पुर्याउनुपर्ने दायित्व पार्टीको पनि हो ।”

मन्त्री पुुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउँछौँ भन्नुभयो । मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 16:30