१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एनआरएन पदाधिकारीलाई प्रधानमन्त्री ओलीको आग्रह, ‘बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔँ’

३ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ ।
भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरि बधाई–सुभकामना दिँदै उहाँले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कार्वाही चलिरहेको बताउनुभयो ।

सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उहाँले भन्नुभयो, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’  गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उहाँले भन्नु भयो, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टिकय रुपमै नेपालको छवि माथि उठेको छ ।

प्रधानमन्त्रीले अगाडी भन्नु भयो, ‘गैरआवासीय नेपालीले परिचय पत्र पाउने छन, जसमा राजनीतिक अधिकार वाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविध वा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’ उहाँले अगाडि भन्नु भयो, अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमा ध्यान पु¥याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।

प्रधानमन्त्रीले भन्नु भयो, हामी आग्रह गर्दछौं, नेपाली बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔं । हामी त्यसरी फर्किएर आउनेहरुका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौ । तर बाहिर जाने नै हो भने पनि दक्ष भएर जानु पर्छ भन्ने कुरामा हामी जोड दिन चाहन्छौ, आवश्यक तालिम दिएर विदेश जान सुझाव दिन्छौ । बाहिर गएकाहरुबाट देशभित्र प्रविधि हस्तान्तरण हुन सकोस, यहाँका नेपालीहरुलाई तालिम दिन सरकार गैरआवासीय नेपालीहरुको संघसँग सहकार्य गर्न तत्पर छ । तालिम दिने संस्था सहकार्यमा खोल्न पनि सकिन्छ ।

प्रकाशित मिति : October 20, 2019 at 11:17 pm