६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

पूर्वसभामुख महरालाई थप ५ दिन थुनामा राख्न अदालतकाे आदेश

३ कात्तिक, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हाे ।


यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १९:१२