९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

ज्यान मार्ने उद्योग गरेको आरोप लागेका सांसद पार्वत गुरुङ अदालतमा हाजिर

३ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका छन् । ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि अदालतमा हाजिर भएका गुरुङ बयान लिइएको छ ।


दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । प्रतिवादीहरु फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : October 20, 2019 at 3:00 pm