१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

हत्याराको संरक्षणका लागि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने ! केन्द्रीय समिति बैठक बोलायो

२ कात्तिक, काठमाडाैँ । हत्यारा सांसद मोहम्मद अफताब आलमको संरक्षणका लागि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने भएको छ । यसको संकेत सार्वजनिक रूपमै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गरिसेका छन । उनीहरूले शुक्रबार भक्तपुरमा अयोजित एक कार्यक्रमको मञ्चबाट १२ वर्ष अघिको घटना उप्काएर सरकारले गल्ती गरेको भन्दै कांग्रेस चुप लागेर नबस्ने संकेत गरे । देउवाले आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै उहाँले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको भन्दै रोष प्रकट गरे ।

त्यस्तै कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भन्दै सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा देखिएको बताए । उनले भने “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”

अलामको विषयमा रौतहट कांग्रेस यसअघि नै आन्दोलित बनिसकेको छ । कांग्रेसले यो लगायको विषयमा समिक्षा गर्दै आन्दोलनको कार्ययोजना बनाउन र उपचुनावको विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । सदस्यहरूलाइ पठाएको जानकारीमा उपनिर्वाचनको एजेन्डामात्र भनिए पनि अलाम प्रकरणको गम्भीर समिक्षा र सरकारविरूद्भ आन्दोलनको रणनीतिका विषयमा बठकमा छलफल हुने एक पदाधिकारीले बताए । उनले कांग्रेस इतिहासकै गम्भीर संकटयुक्त मोडमा पुगेको भन्दै सरकारविरूद्ध लाग्नुको विकल्प नभएको पनि बताए ।

प्रकाशित मिति : 09:48