१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णय हाे, उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छः अध्यक्ष प्रचण्ड

१ कात्तिक, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताउनुभएकाे छ । अध्यक्ष प्रचण्डले  बाहिर चर्चा गरिएजस्तो कसलाइ मन्त्री बनाउने वा काे हट्ने भनेर तय भइनसकेको बताउनुभयाे ।

शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

प्रकाशित मिति : 13:14