७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

पहिलो प्राथमिकतामा अपराध नियन्त्रणः महानिरीक्षक खनाल


१३ वैशाख, चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएका छन् । खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे ।

प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम नहुने बताए । संगठनमा केही त्यस्ता किराहरु हुन्छन् तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताएकाछन् ।

संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १२:५२