११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

विप्लव समूहको जंगल बैठकमा प्रहरी हस्तक्षेप, विप्लवका दाइसहित २१ नेता पक्राउ

३० असोज, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जंगल बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बैठकबाट विप्लवका दाजुसहित २१ नेता पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द जो विप्लवका दाजु समेत हुन, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन्।

दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट मध्यराति उनीहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ। बिहीबार राति १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताएका छन ।

प्रकाशित मिति : October 17, 2019 at 10:36 am