१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

काठमाडाैँ महानगरपालिकाको आधुनिक शौचालय निर्माण योजना, नाै महिनामा शून्य प्रगति

१३ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छ्रैन । पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरेपनि कामपाले भनेअनुसारको डिजाइन नआएकाले काम शुरु हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शौचालय निर्माणका लागि करीव रु १७ लाखसम्मको लगानी गर्ने कामपाको योजना छ, आएका जति पनि डिजाइनहरु कामपाको योजनाभन्दा बढी मूल्यको रहेकाले काम अघि बढ्न नसकेको हो ।”

महानगरलाई निर्माणका लागि सानो स्थान, कम पानी प्रयोग र दैनिक प्रयोग कर्ताको रेकर्ड राख्ने किसिमको निर्माण गर्नुपर्नेछ । आएका सबै प्रस्तावहरु रु ३० लाख देखि ४० लाखसम्म लागतका, निर्माणका लागि धेरै स्थान लिने र सुविधा पनि कम भएका छन् ।

विभिन्न कामकाजका लागि सडकमा आवतजावत गर्ने नागरिकलाई सेवा दिन भन्दै कामपाले करीव सात महिना अघिनै कामपाका विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने बताएको थियो । रासस

प्रकाशित मिति : April 26, 2018 at 12:47 pm