६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

एनआरएन चुनावः भोटिङ मेसिन प्रयोग नहुने, कांग्रेस-कम्युनिष्टको साझा उम्मेदवार बने पन्त

३० असोज, काठमाडौँ । गैर आवासीय नेपाली संघ ९एनआरएन०को मतदान आज हुने भएको छ । प्रतिनिधिहरूले मतदान स्थलमा तनाव सिर्जना गरेपछि प्राविधिक कारण देखाउँदै स्थगित भएको चुनावी कार्यक्रम बिहान १० बजेपछि सुरू हुने निर्वाचन समितिले जनाएको छ । धाँधली गर्न नपाउने भएपछि केही उम्मेदवारहरूको बिरोधमा विद्युतिय मतदान मेसिन प्रयोग नगर्ने निर्णय निर्वाचन समितिले लिएको छ । उनीहरूले विद्यु मेसिनमा समस्या आएको बताए पनि युवा वैज्ञानिक रामलक्ष्मणले मेसिनमा कुनै समस्या नरहेको बताएका छन ।

नेपाली कांग्रेस र नेकपाका नेताहरू चुनावी स्थलमै गएर कार्यकर्ता उचाल्ने र उफार्ने गर्न थालेपछि हायात होटल परिसरमा तनाव उत्पन्न भएको थियो । बुधबार नवौं विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा बिहानैदेखि प्रतिनिधिहरू हुलहुज्जत गर्ने र तनाव सिर्जना गर्ने काममा लागेका थिए । निर्धारित कार्यतालिका ३ बजेदेखि मतदान हुने भनिए पनि राति १० बजेसम्म मतदान सुरू नगरी निर्वाचन स्थगित गरिएको थियो ।

नेतृत्वका लागि प्यानल नै बनाएर मैदाानमा आएका अध्यक्षका उम्मेदवारहरू कुमार पन्त र कुल आचार्यले दुबैले आफूले चुनाव जित्ने दाबी गरेका छन । यद्यपी पन्त प्यानलले नेपाली कांग्रेसको संस्थापन इतर र नेकपाको शुभेच्छा पाएको छ भने आचार्यको प्यानलले कांग्रेसको देउवा समूहको मात्र शुभेच्छा पाएको छ । एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछानेले समेत पन्त समूहलाइ सघाएका छन ।। यता एनआरएन डुबाउन र बद्नाम गराउन भूमिका खेलेका वर्तमान अध्यक्ष भवन भट्टले आचार्यलाइ सघाएका छन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार ०७:०२