७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते


१३ वैशाख, रुकुम । रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकाछन् ।

रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १२:२३