१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद साह विमानस्थलको भीआईपी कक्षबाटै पक्राउ

२८ असोज, काठमाडाैँ । बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साह पक्राउ परेका छन ।  जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका साह मंगलबार पक्राउ परेका हुन । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ परेका हुन ।

अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरेको बताएका छन । साहलाई अब जनकपुर नै पठाउने तयारी भएको  छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले मंगलबार बिहान पक्राउ पूर्जी जारी गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतमा सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी माग गरेको थियो । बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दुर्व्यवहारमा संलग्न साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले दिएपछि मन्त्रीले जाहेरी हाल्न लगाएका थिए ।

प्रकाशित मिति : 14:00