१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

पाँचौ मन्त्री स्तरीय आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट यूएइ प्रस्थान

२८ असोज, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आज बिहान यूएइ प्रस्थान गर्नुभएको छ । अक्टोबर १६ र १७ तारिख ( बुधवार र विहिवार) यूएइमा हुन लागेको पाँचौ मन्त्री स्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना हुनुहुन्छ ।

श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपुर्ति प्रक्रियालाई थप पारदर्शि बनाउने विषयमा केन्द्रित हुनेछ । त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ ।

श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएकाले नेपालको उपस्थिती खास रहनेछ । डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, वंगलादेश र भियतनाम सहभागी हुर्दैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् ।

प्रकाशित मिति : 11:58