चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : सभापति देउवा
२६ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन भ्रमणको निम्तो दिएकाे बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बाेल्दै देउवाले चीन नेपालको पुरानो मित्र शक्ति भएको बताए ।

सभापति देउवाले भने, ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने । आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको देउवाले बताए ।
प्रकाशित मिति : 17:42









