७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चमेलिया नदीमा दुई पुरुषको शव फेला


१२ वैशाख, काठमाडाैँ । दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिनुभयो ।

मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार २०:४६