२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

बर्थिङ सेन्टरसहितको बेलकोट स्वास्थ्य चौकी सञ्चालनमा, मन्त्री अर्यालद्धारा उद्घाटन (फोटोफिचर)

१२ वैशाख, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको बेलकोट स्वास्थ्यचौकीले बर्थिङ सेन्टरसहितको सेवा सुरु गरेको छ । कोरियाली सहयोग संस्था कोइकाको सहयोगमा एक करोड भन्दा बढी रुपैयाँको सहयोगमा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकी भवनको एक विशेष समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरिन ।

सोही कार्यक्रममा राज्यमन्त्री अर्यालको उपस्थितिमा भवन हस्तान्तरण गरिएको थियो । कार्यक्रमामा राज्यमन्त्री अर्यालले जनताले गाउँमै स्वास्थ्य सेवा पाउनु खुशीको विषय भएको भन्दै स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन । अर्यालले हरेक स्थानीय तहमा एउटा अस्पताल स्थापना गर्ने लक्ष्य सरकारले लिएको भन्दै त्यसको दृढतापूर्वक कार्यान्वयन गर्न लागि पर्ने बताइन ।

कार्यक्रममा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य नारायण खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना कार्यक्रम महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल लगायतले स्वास्थ्य चौकीको भवन निर्माण गरेर कोइकाले धेरै राम्रो गुन लगाएको बताए । कार्यक्रममा स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा प्राप्तिमा सहयोग गर्ने दाताहरु लोकजंग पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।

      

प्रकाशित मिति : April 25, 2018 at 7:57 pm